नेप्से परिसूचकमा ५६ अङ्कको बृद्धि
काठमाडाैं | असोज २०, २०८१
काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव शुन्य नौ अङ्कले उकालो लागेर दुई हजार छ सय ५३ दशमलव ५८ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव ७५ अङ्कले उकालो लागेर चार सय ७६ दशमलव ४६ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहको शेयर मूल्य नै बढेको छ ।
आजको कारोबारमा कूल एक करोड ५० लाख ४६ हजार सात सय १० कित्ता शेयर रु छ अर्ब १३ करोड ८२ लाख छ हजार सात सय पाँच मूल्यमा कारोबार भएको छ ।
नेप्सेका अनुसार, न्यादी हाइड्रोपावर १०, मध्य भोटेकोशी जलविद्युत् कम्पनी नौ दशमलव ७६, इस्टर्न हाइड्रोपावर नौ दशमलव ६८,गुडबिल फाइनान्स नौ दशमलव २७ र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले आठ दशमलव १४ प्रशितले कमाएका छन् ।
यस्तै, विन नेपाल लघुवित्त १०, कुमारी सुलभ योजना नौ दशमलव ४३, एनआइसी एशिया सेलेक्ट फण्ड छ दशमलव ७०, स्वरोजगार लघुवित्त पाँच दशमलव ४९ र उपकार लघुवित्तका लगानीकर्ताले चार दशमलव ४१ प्रतिशले गुमाएका छन् ।
काठमाडौं: नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया बुधबार (भोलि) बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ । नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालि...
पोखरा: १४ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर सिटिजन फर्निचरले साथ दिने भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह ख...
पोखरा: रुपा गाउँपालिकामा पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना भएको छ । रुपा गाउँपालिका ५ फेदीस्थित दोभान क्लबको आयोजनामा पालिकामा पहिलो पटक दोभान कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरिएको ...

